Comments Add Comment

नवलपुरका हुरी पीडितलाई चाैधरी फाउन्डेसनद्वारा सय बन्डल जस्तापाता सहयोग

१० जेठ, काठमाडौं । नवलपुरको देवचुली नगरपालिकाका हुरी पीडितलाई चौधरी फाउण्डेसनले एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएको छ।

नेपाली कांग्रेसका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले आफ्नो जिल्लामा हुरी र असिना पानीले व्यापक क्षति पु¥याएलगत्तै सहयोग उपलब्ध गराएका हुन्। जेठ ७ र ८ गतेको हुरी तथा असिनापानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाउनुको साथै घरहरूमा समेत क्षति पु¥याएको छ।

‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पु¥याएको असरबाट मर्माहत भएको छु । नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु’, सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनेका छन्, ‘यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो। हामी सबै मिलेर यसको सामना गर्नेछौँ।’

बिहीबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूणर््ँकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको छ। नगरपालिकाको अध्ययन टोलीले हुरी पीडितका लागि तत्काल सबैभन्दा आवश्यकता जस्तापाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि जस्तापाताको व्यवस्था मिलाउनु भएको हो। पीडितमध्ये पनि आर्थिक रुपमा विपन्न र सर्वाधिक प्रभावित परिवारलाई उच्च प्राथमिकतामा राखेर सहयोग वितरण गर्ने व्यवस्था मिलाइएको छ।

सांसद चौधरीले उपलब्ध गराउनु भएको सहयोग करिब १० लाख रूपैयाँ बराबर रहेको छ।

हावाहुरीले देबचुली नगरपालिकाको सितावास, रामबास, मुण्डे, बिशालटार र लक्ष्मीपुर क्षेत्रका घर, गोठका छानो उडाएको छ। जसका कारण पीडितहरू चर्को गर्मी र हुरी बतासकाबीच खुला आकाशमा बस्नुपर्ने अवस्था छ। हुरीसँगै आएको असिनापानीले खाद्यान्न, लत्ताकपडा समेत भिजेको सिताबासका पीडित आशीष भुर्तेलले बताए। हावाहुरी र चर्को गर्मीको यस मौसममा छानो समेत उडाउँदा स्थानीयवासीहरु बिचल्लीमा परेका छन्।

देवचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठकले छानो उडाएका कारण बिचल्लीमा परेका सर्वसाधरणलाई जस्तापाता उपलब्ध गराएर सांसद चौधरी नवलपुरवासीप्रति जिम्मेवार भएको सन्देश दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment