Comments Add Comment

४६ अर्बको बजेट ल्याउने प्रदेश १ को तयारी

१० जेठ, विराटनगर । आगामी आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेश १ सरकारले ४६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षको भन्दा २५ प्रतिशतले वृद्धि गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले जानकारी दिए ।

‘बजेटको अंक भन्न मिल्दैन, एक मन्त्रालयदेखि अर्को मन्त्रालयलाई पनि बजेटको अंकको बारेमा जानकारी हुँदैन,’ मन्त्री आङ्म्बोले भने, ‘चालु आर्थिक वर्षको बजेटको आकारमा कम्तिमा पनि २५ प्रतिश बजेटको आकार बढनेछ, करिब/करिब बजेटको आकार ४५/४६ अर्ब भित्र समेटिनेछ ।’

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटको सबै भन्दा ठूलो अंश ४५ प्रतिशत भौतिक पूर्वाधारलाई समेटिएको छ ।

बजेटमा कृषिको आधुनिकीकरणलाई पनि महत्व दिएको छ । चालु आर्थिक वर्षको बजेटमा पनि ४५ प्रतिशत बजेटको हिस्सा पूर्वाधारमै छुट्याइएको थियो ।

प्रादेशिक योजना आयोगले भने आगामी आर्थिक वर्षको बजेट ५५ अर्बको हाराहारीमा ल्याउन मन्त्रालयलाई सिफारिस गरेको छ । मन्त्री आङम्बोले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको नीतिगत पक्षमा छलफल भइरहेको जानकारी दिए ।

उनले संसद्को चौथो अधिबेशन १३ जेठमा बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरी बजेटमाथिको छलफल अगाडि बढाइने जानकारी दिए ।
उनले बजेटको मार्गदर्शन र सिलिङ सबै मन्त्रालयलाईे उपलब्ध गराइसकेको र मन्त्रालयहरुले तय गर्ने बजेटको सिलिङमा कम्तिमापनि बजेटको ४० प्रतिशत पूर्वाधारमा अनिर्वाय भनिएको जानकारी दिए ।

उनले प्रदेशको आवधिक योजना, सरकारले पेश गरेको नीति तथा कार्यक्रम, दिगो विकासको लक्ष्य, राजस्व परामर्श समितिले दिएको सुझाब, त्यसैगरी निजी क्षेत्रले दिएको सुझावसमेत समेटेर बजेटको तयारी भइरहेको जानकारी दिए ।

उनले कुल आकारका हिसाबले बजेटको झन्डै ४० प्रतिशत हिस्सा पूर्वाधारमै भएपनि पूर्वाधार निर्माण आफैंमा विकास नभएर माध्यम मात्र भएको बताए ।

प्रादेशिक बजेटमा सामाजिक सेवा र स्वास्थ्यका निम्ति पनि बजेटको दोस्रो प्राथमिकता छ ।

आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई आकषिर्त गदै रोज कुरालाई पनि बजेटमा महत्वका साथ समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री आङ्म्बोका अनुसार लोकपि्रयता र महत्वकांक्षाका कार्यक्रमलाई यस पटकको बजेटमा समेटिने छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले स्थानीय तह र मन्त्रालयहरुलाई पनि कवेटको तयारी गर्दा कम्तिमा ३७ प्रतिशत बजेट पूर्वाधारमा समेट्न भनिएको जानकारी दिए ।

मन्त्रालयले बजेटको तयारीलाई तीव्रता दिएको छ,प्रवक्ता पौडेलले भने, ‘मन्त्रालयबाट आएका योजनाहरुलाई अहिले समष्टिगत रुपमा इन्ट्री गर्ने काम भइरहेको छ ।’

उनले चालु आर्थिक वर्षमा बिषेश अनुदान र समपुरक अनुदानमा पनि केही रकम छुटाउने जानकारी दिए । चालु आर्थिक वर्षको बजेटमा समपुरक र विषेश अनुदान शीर्षकमा बजेट प्रदेश सरकारले छुटाएको थिएनन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा सशर्त अनुदानमा २ अर्ब रुपैयाँ छुटाएको थियो ।

चालु आवमा सघीय सरकारले १३ अर्ब २७ करोड सशर्त अनुदान दिएको थियो । वित्त हस्तान्तरणमा ५ अर्ब रुपैयाँ छुटाइएको थियो ।

चालु आर्थिक वर्षको बजेट ३५ अर्ब ३९ करोड ६० लाखको रहेको थियो । यसमा १८ अर्ब पूँजीगत खर्चका लागि छुट्याइएको छ । यसमध्ये हालसम्म २२ प्रतिशत खर्च भएको छ । जसमा प्रदेश सरकारले असार मसान्तसम्म ६० प्रतिशत पुग्ने अनुमान गरेको छ ।

मन्त्रालयका अनुसार प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको प्रादेशिक बजेटमा सघीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment