Comments Add Comment

पूर्वप्रधानन्यायाधीश खत्रीको निधन

१० जेठ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा बिहीबार राति ९९ वर्षको उमेरमा निधन भएको हो । खत्री पछिल्लो समय अल्जाइमर्सको समस्याबाट पीडित थिए ।

नेपालको छैठौं प्रधानन्यायाधीश खत्रीले २०३३ साउन २४ गतेदिख २०४२ मंसिर २५ गतेसम्म नेपाली न्यायालयको नेतृत्व गरेका थिए ।

खत्रीले प्रेस काउन्सिल नेपालको अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलगायतको भूमिका पनि निर्वाह गरेका थिए । प्रधानन्यायाधीशबाट अवकाश भएपछि २०४३ सालमा खत्री नेपालका लागि चीनको राजदूतसमेत भएका थिए ।

खत्रीको शनिबार विहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment