Comments Add Comment

चकलेटी नायकहरुको विश्राम

नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि अहिले मौन छन् । चलचित्रले व्यापारिक रुपमा बम्पर कारोबार गरेपछि अनमोलको स्टारडम उकासिएको छ । अनमोल केसीलाई चलचित्रको अफर आइरहेका छन् । तर, उनी अहिलेसम्म कुन चलचित्रमा काम गर्ने भन्ने दोधारमा पनि छन् । उनले, घरकै चलचित्रमा काम गर्न लागेको खबर पनि सार्वजनिक भैरहेका छन् । उनी, र चलचित्र ‘जात्रै जात्रा’का निर्देशकले टिमअप गर्ने चर्चा पनि चलेको छ । तर, यी चर्चाहरु बजारमा चलेतापनि अनमोलले अहिलेसम्म कुनै निर्णय गरेका छन् । अनमोलकै कुरा मान्ने हो भने पनि, उनको यो बर्ष कुनै पनि चलचित्र रिलिज नहुने पक्का छ ।

किनकी, अनमोलका अनुसार उनले दशैं अगाडि चलचित्र साइन गर्ने संभावना छैन । अनमोलले ‘क्याप्टेन र ए मेरो हजुर ३’का लागि लामो समय दिदा आफू थाकेको बताउँदै पनि आएका छन् । यसैले पनि उनले आफू अहिले नेपालका विभिन्न गाउँगाउँ घुमिरहेको बताएका छन् ।

यता, चलचित्र ‘यात्रा’को छायांकन र प्रचारमा व्यस्त रहँदा नायक सलिनमान बनियाँले पनि तत्काल नयाँ चलचित्र साइन गर्ने मुड बनाएका छैनन् । सलिनले पनि राम्रो कथा आएको खण्डमा गर्ने तर त्यो भन्दा अगाडि केही समय ब्रेक लिने बताएका छन् । उनले, यसलाई आरामको ब्रेक भनेका छन् । सलिनले अभिनय गरेको चलचित्र ‘यात्रा’ रिलिज भैसकेको छ । चलचित्रबाट सलिनले राम्रो प्रशंसा पनि पाएका छन् ।

अनमोल र सलिन राम्रो कथा नआएसम्म काम गर्ने मुडमा छैनन् । संभवत, यी दुबै चकलेटी नायकको यो बर्ष कुनै चलचित्र रिलिज हुने छैन । यता, गतबर्ष करिब ६ महिना भन्दा बढी समय चलचित्रमा काम नगरेका नायक पल शाह यो बर्ष केही व्यस्त हुने देखिएको छ । उनले अभिनय गरेको चलचित्र ‘वीर विक्रम २’ अहिले हलमा चलिरहेको छ ।

योसँगै उनी चलचित्र ‘हृदयभरि’को छायांकनमा पनि व्यस्त छन् । यो चलचित्रलाई भदौको २७ गते रिलिज गर्ने तयारी गरिएको छ । गतबर्ष २ वटा चलचित्र असफल भएपछि केही तनावमा देखिएका नायक प्रदिप खड्का यो बर्ष पूर्ण रुपमा ‘प्रेमगीत ३’का लागि समय दिइरहेका छन् । प्रदिपले अन्य चलचित्र छाडेर यही चलचित्रमाथि भरोसा गरेको देखिएको छ । चलचित्रको लोकेशन हन्टिङदेखि नायिकाको खोजीमा समेत उनी सक्रिय सहभागी छन् । तर, उनको यो बर्षको अन्तिम हप्तामात्र चलचित्र रिलिज हुनेछ । प्रदिप खड्कालाई ‘प्रेमगीत ३’बाट ठूलो आशा छ ।

नेपाली चलचित्रका चकलेटी नायकहरुमध्ये अहिले कोही कथा कस्तो रोज्ने भन्ने दोधारमा छन् कोही करिअरलाई बचाउने धुनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment