Comments Add Comment

लिच्ची बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु

१० जेठ, हेटौंडा । लिच्ची बोकेर काठमाडौं जाँदै गरेको जिप दुर्घटना हुँदा एङ्क जनाको मृत्यु भएको छ, दुई जना गम्भीर घाइते भएका छन् ।

हेटौंडाबाट भीमफेदी- कुलेखानी सडक हुँदै काठमाडौंतर्फ गएको बा २० च ४२७९ नम्बरको जिप इन्द्रसरोबर गाउँपालिका ३ टेकरमा सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको जिप दुर्घटना हुँदा भारत मोतिहारीका ४० बर्षका कन्हैया साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनामा भीमफेदी गाउँपालिका ५ का महेश ब्लोन र भारत बेतियाका २२ बर्षका कन्हैयाकुमार साह गम्भीर घाइते भएका छन् । दुबै जना घाइतेको काठमाडौं बल्खुको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment