Comments Add Comment

‘प्रेम गीत ३’ का लागि नायिकाको उत्साहजनक आवेदन, छानिए टप २५

चलचित्र ‘प्रेम गीत ३’ निर्माणको तयारीमा छ । ‘आशुसेन फिल्मस्’को व्यानरमा बन्ने यस चलचित्रमा सन्तोष सेनको लगानी रहने छ । प्रेमकथामा निर्माण हुने यस चलचित्रलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।

‘प्रेम गीत ३’को लागि मुख्य नायकमा ‘प्रेम गीत’ कै नायक प्रदीप खड्का रहनेछन् । प्रदीपले यस चलचित्रमा प्रेमको भूमिका निर्वाह गर्नेछन् । यस्तैमा, निर्माण युनिटले चलचित्रको ‘गीत’ पात्रको लागि नायिकाको अडिसन आह्वान गरेको थियो । यस पात्रको लागि युवतीहरुको निकै उत्साह जनक सहभागिता रह्यो । देश तथा विदेशबाट २ हजार ७ सय १४ जनाले यस पात्रको लागि अडिसनका लागि आवेदन भरेका थिए ।

अहिले निर्माण युनिटले २ हजार ७ सय १४ जनाबाट छानेर उत्कृष्ट २५ युवतीहरुको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको छ । जहाँ चलचित्र क्षेत्रमा चिनिएका अनुहारदेखि म्युजिक भिडियोमा व्यस्त मोडलहरु पनि त्यहाँ सहभागी छन् ।

निर्माता सेन आफूहरुलाई यो लिस्ट तयार गर्न निकै कठिन भएको बताउँछन् । उनले भने, ‘यो सहभागिताले हामीलाई निकै उत्साहित बनायो । उत्साहित मात्र हैन्, यसले त राम्रो गीत छान्नको लागि चुनौती पनि भएको हामीले महसुस गरेका छौँ । पक्कै पनि दर्शकले रुचाउने र मन पराउने गीत हामीले छान्ने छौँ ।’

अहिले छानिएका टप २५ बाट निर्देशक, छायांकार, करियोग्राफर लगायतको टिमले अडिसन लिएर उत्कृष्ट एक नायिका छनोट गर्ने बताइएको छ । निर्माता सेनले भने, ‘हाम्रो टिमले नै उहाँहरुको अडिसन लिनेछ र उत्कृष्ट १ छान्नेछ ।’

केही समय अगाडि थिम पोस्टर सार्वजनिक गरेको चलचित्रले चैत २८ गतेलाई रिलिज मिति पक्का गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment