Comments Add Comment

मेस्सीले फेरि जिते युरोपियन गोल्डेन बुट

काठमाडौं । लिओनल मेस्सीले छैटो युरोपियन गोल्डेन बुट जितेका छन् । यो अवार्ड युरोपका शीर्ष लिगका सर्वाधिक गोलकर्तालाई दिइन्छ ।

बार्सिलोनालाई ला लिगा च्याम्पियन बनाएका मेस्सीले ३४ खेलमा ३६ गोल गरेका छन् । मेस्सीले लगातार तेस्रो सिजन यो अवार्ड जितेका हुन् ।

पेरिस सेन्ट जर्मेनका केलिन एम्बाप्पे उनी भन्दा तीन गोल पछाडि रहे ।

२०१४ मा क्रिष्टियानो रोनाल्डो र लुइस स्वरेजले संयुक्त रुपमा यो अवार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment