Comments Add Comment

अफगानिस्तानले पाकिस्तानलाई हरायो

काठमाडौं । हशमतुल्ला शाहिदीको नटआउट ७४ रनसँगै अफगानिस्तानले विश्वकप क्रिकेटको वार्म-अप म्याचमा पाकिस्तानलाई ३ विकेटले हराएको छ ।

अफगानिस्तानले इंग्ल्याण्डमा यसअघि कुनै पनि खेल खेलेको थिएन । यसका बाबजुद शुक्रबार पाकिस्तानविरुद्ध मैदान उत्रिादा उसका लागि २६३ रनको लक्ष्य ठूलो देखिएन ।

अफगानिस्तानले ३ बल बाँकी छादा ७ विकेट गुमाएर जित हात पार्‍यो । यद्यपि वहाब रियाजको रिभर्स स्वीङ योर्कर बलले थुप्रै पटक अफगानिस्तानका खेलाडीलाई निकै गाह्रो बनाएको थियो ।

बलिङमा अफगानिस्तानको टिम निकै आक्रामक देखियो र उसका स्पीनरहरुले पाकिस्तानी खेलाडीले भने राम्रो बलिङ गरे । पाकिस्तानका बाबर आजमले १०८ बलमा ११२ रनको पारी खेले र सिंगो टिम ४७.५ ओभरमा २६२ रन बनाएर अलआउट भयो ।

अफगानिस्तानको जवाफी ब्याटिङ राम्रो रहृयो । ११.१ ओभरमा नै उसले ८० रन बनाएको थियो । हजरातुल्लाह जाजीले २८ बलमा ४९ रन बनाए ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका हशमतुल्ला शाहिदीले अविजित ७४ रन बनाएपछि अफगानिस्तानले ४९.४ ओभरमा ७ विकेट गुमाएर जित निकाल्यो ।

कप्तान गुलबर्दिन नाइब भन्छन्, ‘मलाई लागेको थियो कि पाकिस्तानी खेलाडीहरुले ३०० भन्दा ठूलो स्कोर बनाउाछन् । तर आज हाम्रो दिन रहेछ । हाम्रा बलरहरु राम्रो प्रदर्शन गरे, त्यसैले हामीले जित्यौं । हाम्रो ब्याटिङमा सुधार जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment