Comments Add Comment

मतगणनाको दिन मुस्लिम परिवारमा जन्मियो बच्चा, नाम राखियो नरेन्द्र मोदी

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित गोण्डा जिल्लामा रहेको एउटा मुुस्लिम समुदायको परिवारमा गत मे २३ का दिन बच्चा जन्मियो । लोकसभा चुनावको मतगणना चलिरहेको उक्त दिन जन्मिएको बच्चाको नाम मुस्लिम परिवारले नरेन्द्र दामोदर दास मोदी राखेको छ ।

बच्चाकी आमा मेहनाज बेगमका अनुसार छोराको नाम नरेन्द्र मोदी राख्नका लागि उनले पति र परिवारसँग जिद्दी गरिन् र त्यसमा सहमत पनि गराइन् । छोराको जन्मदर्ताको लागि उनले जिल्लाधिकारी कार्यालयमा समेत कागजपत्र बुझाइसकेकी छिन् ।

उनी भारतीय प्रधानमन्त्री मोदीबाट निकै प्रभावित महिला हुन् । लोकसभा चुनावमा मोदीको विशाल जितसँगै आफ्नो बच्चासमेत जन्मिएपछि उनको खुसीको सीमा रहेन । उनले छोरा जन्मिएको खबर सुनाउनका लागि दुबइमा रहेका आफ्ना पतिलाई फोन गरेकी थिइन् । फोन उठाउनेबित्तिकै लोग्ने चाहिँले ‘के मोदीले चुनाव जिते ?’ भनेर सोधे ।

त्यसपछि उनको मनमा नयाँ आइडिया फुर्‍यो र आफ्नो छोराको नाम नरेन्द्र मोदी राख्ने निधो गरिन् । आफ्नो छोराले मोदीले जस्तै नाम राखोस् र सफल बनोस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment