Comments Add Comment

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मुत्यु

१२ जेठ, डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका- १ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए ।

आइतबार अमरगढी नगरपालिका-७ पोखरा नजिकै ट्याक्टर दुर्घटना हुँदा लुहारको घटनास्थमै मृत्यु भएको हो ।

बिना नम्बर प्लेटको नयाँ ट्याक्टरका चालक भीमदत्त नगरपालिका-९ कञ्चपुरका हिक्मतसिंह ठगुन्नालाई पक्राउ परेको छ । घटनाबारे थप अनुसन्ध्ाान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment