Comments Add Comment

गोरखामा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एक वेपत्ता

१२ जेठ, गोरखा । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी गोरखामा दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता पाएका छन् । दुईजना घाइते भएका छन् ।

आइतवार आरुघाट गाउँपालिका-९ आरुघाटबजारको विद्युतचोकमा रोकिराखेको मिनी ट्रकबाट खसेर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ विशालनगरका ५० वर्षीय  बिष्णु श्रेष्ठको मृत्यु भएको छ ।

बा३ख २५८३ नम्वरको मिनिट्रकबाट सामान लोडअनलोड गर्दा लडेर श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज दयाराम पौडेलले बताए ।

मजदुरी पेशा गर्दै आएका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै गोरखाको सिरानचोक गाउँपालिका-७ चिउरेभिरमा शनिवार राति टिपर दुर्घटना हुँदा चालक सोही गाउँपालिका-७ का २० वर्षीय सुमन खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गाडीमा सवार सोही ठाउँका १४ वर्षीय जनक गुरुङ घाइते छन् । सहचालक धादिङ जोगिमाराका २१ वर्षीय प्रदीप श्रेष्ठ वेपत्ता भएको प्रहरीले जनाएको छ ।

गिटी लिएर नयाँसाघुबाट जौवारी जाँदै गरेको बा५ख १९८२ नम्वरको टिपर अनियन्त्रित भइ सडकबाट करिव १२० मिटर तल दरौदी नदिमा खसेको थियो ।

यता गोरखा नगरपालिका-१३ पाँचकिलोमा शनिवार टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

गोरखाबाट आवुखैरेनी जादै गरेको ग१ख ७७६० नम्बरको टिपरले विपरीत दिशाबाट आएको बा७८प ५९५२ नम्वरको मोटरसाइकलाई ठक्कर दिदाँ मोटरसाइकल चालक गोरखा नगरपालिका-१३ का ३७ वर्षीय किसन उप्रेती घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते उप्रेतीको चितवनमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
टिप्परका चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment