Comments Add Comment

प्रहरी हुँ भन्दै एक लाख ठगी गर्ने भगौडा प्रहरी पक्राउ

१२ जेठ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले आईतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो ।

३० वर्षका खनाल भगौडा प्रहरी भएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरुले वनस्थलीस्थित सनराइज बेकरी सपका संचालकसंग आफुहरु प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले ठगी गरी बैकमा राखेको १ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सल्यानका सुरेन्द्र भण्डारी, समिर भण्डारी र सुरेश घर्तीलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । त्यसैगरी यही जेठ ७ गते काठमाडौंको मूलपानीस्थित सुनचाँदी पसल चोरीमा संलग्नहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेलो र चाँदी जस्तो देखिने सेतो धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment