Comments Add Comment

अहिलेको संविधान पहिचान र समानताविरोधी छ : उपेन्द्र यादव

१२ जेठ, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानलाई पहिचान र समानता विरोधीको संज्ञा दिएका छन् ।

आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा संघीय सरकारका उपप्रधानमन्त्रीसमेत रहेका उनले यसैकारण वर्तमान संविधानलाई जनताले स्वीकार नगरेको दावी गरे ।

अध्यक्ष यादवले राज्यको स्रोत साधनमा भागेदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिला लगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको पहुँच नभएको बताए । उनले राज्यको हरेक संयन्त्रमा हरेक जनताको बराबरको अधिकार नभएसम्म मुलुकमा आन्दोलन जारी रहने बताए । नेपाली जनतालाई स्वायत्तता सहितको अधिकार सम्पन्न संघीयता चाहिएको बताउँदै यादवले शासक वर्गले संघीय प्रणालीलाई नै बदनाम गरेर संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।

पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पहिलो संविधानसभाको क्रममा तत्कालिन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १ को संघीय प्रणाली लागू गर्नुपर्ने बताए । भट्टराईले मुलुकलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय हुनुपर्ने बताए ।

पार्टीको वरिष्ठ नेता अशोक राईले देशमा समृद्धि र शान्तिका लागि, मेलमिलाप, विभेद रहित समाजको निर्माणका लागि, समान अधिकार, समावेशिताका लागि संविधान संशोधन एक मात्र विकल्प रहेको बताए । कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई पार्टी बीचको एकतापछि समाजवादी पार्टीले अगामी दिनमा देशकै नेतृत्व लिने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment