Comments Add Comment

विप्लव कार्यकर्ताले समय मिलाउन नजान्दा आइतबार नै श्रृंखलाबद्ध विस्फोट

राजधानीको श्रृंखलाबद्ध बम विस्फोट आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । बजेट घोषणाको मिति नजिकिँदै गर्दा यसबारे पनि पत्रपत्रिकाहरुले चर्चा परिचर्चा गरेका छन् ।

कान्तिपुरले ‘चन्द समूहको आतंकः राजधानीमा श्रृंखलाबद्ध विस्फोट’ शीर्षक दिएर आइतबार भएको श्रृंखलाबद्ध बम विस्फोटबारे मुख्य समाचार लेखेको छ । आइतबार राजधानीको सुकेधारा, घट्टेकुलो र थानकोटमा बम विस्फोट भएका थिए । जसमा ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते छन् । ४ स्थानमा भने समयमै डिस्पोज गरिएको छ ।

सोमबारको बन्द सफल पार्न त्यसअघि नै आतंक सिर्जना गर्न विप्लव नेतृत्वको समूहले श्रृंखलाबद्ध बम विस्फोट गराएको कान्तिपुर समाचारमा उल्लेख छ ।

तर नयाँ पत्रिकाले भने अलि फरक ढंगले विस्फोटबारे समाचार लेखेको छ । कान्तिपुरले दाबी गरेजस्तो आतंक सिर्जना गर्न योजनाबद्ध ढंगले आइतबार विस्फोट गराइएको नभएर यो दुर्घटना भएको हो ।

नयाँ पत्रिकाका अनुसार विप्लव कार्यकर्ताले टाइमर मिलाउन नजाँदा अघिल्लो बेलुकी नै विस्फोट भएको हाे ।  प्रहरीको प्रारम्भिक अनुसन्धानले यस्तै देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गर्नेगरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।

विस्फोटले राजधानीको जनजीवन त्रस्त बनेपछि गृहमा सबै सुरक्षा निकायका प्रमुखलाई डाकेर गृहमन्त्रीले आकस्मिक बैठक राखेको अन्नपूर्णले लखेको छ । अन्नपूर्णका अनुसार, यसरी बोलाइएको बैठकमा गृहमन्त्री थापाले देशभरको सुरक्षा व्यवस्था बजबुत बनाउन निर्देशन दिएका छन् ।

विस्फोटका घटनाप्रति कांग्रेसले देखाएको चासोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ । अन्नपूर्णका अनुसार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै राज्य तथा विद्रोही पक्षलाई संवादमा बस्न आग्रह गरेको छ ।

नागरिकले विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लिएको लेखेको छ । विस्फोटका कुन–कुन कार्यकर्ताले ज्यान गुमाए भन्नेबारे भने नागरिकले केही उल्लेख गरेको छैन ।

सांसदलाई सोझै बजेट नदिन नेताहरुकै दबाव

अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् ।

कान्तिपुरका अनुसार सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान र संघीयताको मर्मविपरीत हुने भन्दै बन्द गर्नुपर्ने धारणा राखिरहेका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वमन्त्री तथा कांग्रेस नेता गगन थापा र अधिकांश समानुपातिक सांसदले यो कार्यक्रम बन्द गर्नुपर्ने धारणा राखेको कान्तिपुर समाचारमा उल्लेख छ ।

पशुपतिनाथ मन्दिरको जमिनमा चर्च !

पशुपतिनाथ मन्दिरको जमिनमा चर्च बनाइएकोलाई कान्तिपुरले भित्री पृष्ठमा छापेको छ । काठमाडौं महानगरुपालिका–७ को कित्ता नम्बर ९९ र २३४ मा पशुपतिनाथको जमिन मिसनरिज अफ च्यारिटीले कुत बुझाएर चर्च सञ्चालन गरेको हो ।

मिसनजिरले जमिन प्रयोग गरेबापत वर्षको १ हजार ७ सय ८८ रुपैयाँ कुत बुझाउँदै आएको कान्तिपुर समाचारमा उल्लेख छ । दुई कित्ता गरेर २ रोपनी १ पैसा २ दाम जमिन प्रयोग गरेको छ ।
एक धर्मको मन्दिरको जमिनमा अर्को धर्म वा सम्प्रदायले संरचना बनाउनु कानूनविपरीत हुन्छ । तर, पशुपतिनाथको जमिनमा कानूनविपरीत चर्च स्थापना भए पनि सरोकारवालाले कुनै चासो देखाएका छैनन् ।

आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा

सजाय तोकिएका अभियुक्तले कैद भुक्तानका लागि अदालतमा आत्मसमर्पण गरेमा २२० प्रतिशत मिनाहा हुने भएको छ ।

अन्नपूर्णका अनुसार सर्वोच्चका ३ न्यायाधीश संलग्न पूर्ण इजलासले नयाँ फैसला गरेको छ । तर यो सुविधा मुलुकी फौजदारी संहिता र देवानी संहिता लागू हुनपूर्व गत भदौ १ गतेअघि दर्ता भएका फौजदारी मुद्दाका प्रतिवादीले मात्र पाउनेछन् । यो नजिरले अन्तिम फैसला कुरिरहेका मुलुकभर जेलमा रहेका सयौंको संख्यामा रहेका कैदीबन्दीलाई राहत मिल्ने समाचारमा उल्लेख छ ।

वृद्धभत्ता पाँच सय र २० प्रतिशतसम्म तलब बढ्ने

बजेटको अन्तिम तयारीमा सरकार जुटिरहेका बेला नागरिकले वृद्धभत्ता ५ सयले वृद्धि हुन लागेको लेखेको छ । कर्मचारीको तलब पनि २० प्रतिशतले बढ्ने उसको दाबी छ ।

नागरिकले लेख्छ– अर्थमन्त्री युवराज खतिवडा भत्ता र तलब दुवै बढाउन सहमत भए पनि स्रोतको उच्च दबावका कारण कति र कुन विधिबाट बढाउने भन्ने अन्तिम निर्ण(य जेठ १४ भन्दा अघि हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment