Comments Add Comment

मोदीको जितमा मालामाल, पेट्रोल पम्पधनीले बाँडे सित्तैमा ग्यास

हालै सम्पन्न भारतको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको दलले विशाल जित हासिल गरेसँगै उनका समर्थकहरु खुसीले गदगद छन् । मोदी समर्थकहरुले विभिन्न प्रकारले जितको उत्सव मनाइरहेका छन् । कतिले मिठाइँ बाँडेका छन् त कतिले अविर घसेका छन् । तर भारतको गुजराँतस्थित राजकोट जिल्लामा भने फरक दृष्य देखिएको छ ।

नरेन्द्र मोदीले जितेपछि उनको गृह प्रान्त गुजराँतका एकजना पेट्रोल पम्प मालिकले सित्तैमा ग्यास बाँडेर खुसी मनाएका छन् । पम्प मालिक गोपाल चुतसमाले आफ्नो पम्पबाट अटोरिक्साहरुलाई सित्तैमा कम्प्रेस्ड नेचुरल ग्यास अर्थात् सीएनजी बाँडेका छन् ।

उनले सित्तैमा ग्यास बाँड्ने घोषणा गरेसँगै उनको पेट्रोल पम्प बाहिर अटोरिक्साको ठूलो लाइन लागेको थियो । उनले शुक्रबार बिहानदेखि बेलुकी पाँच बजेसम्म करीब २ सय अटोरिक्सालाई सित्तैमा ग्यास भरिदिए । अरु थप २ सय अटोरिक्सा रात अबेरसम्म लाइनमा थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment