Comments Add Comment

पोखरामा ठाउँठाउँमा शंकास्पद बस्तु

१३ जेठ, पोखरा । पोखरा सिर्जनाचोकस्थित एनसेल कार्यालय अगाडि रहेको कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । आइतबार साँझ नै उक्त शंकास्पद बस्तु भेटिएको भएपनि रातमा डिस्पोज गर्दा स्थानीय आतंकित हुन सक्ने भन्दै सोमबार निष्कृय पारिएको हो ।

आइतबार साँझ भेटिएको उक्त शंकास्पद वस्तुलाई प्रहरीले रातभर सुरक्षा दिएका थिए । बिहान उज्यालो भइसकेपछि मात्रै उक्त वस्तु डिस्पोज गरिएको थियो ।

कास्कीमा यसबाहेक अन्य विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । पोखरामा मात्रै सिर्जनाचोक, आइडियाल कलेज गेटमा सोमबार बिहानै शंकास्पद वस्तु फेला परेका थिए ।

महानगरबाहेक पोखरा आसपासका क्षेत्रमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । माछापुच्छे्र गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा समेत शंकास्पद बस्तु फेला परेको हो ।

जिल्ला प्रहरी कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक र अन्नपूर्ण गाउँपालिका, नयाँपुल, नागाडाँडामा शंकास्पद बस्तु फेला परेको छ । नेपाली सेनाको बम निष्कृय पार्ने टोली त्यसतर्फ लागेको छ ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले कार्यकर्ता तीर्थ घिमिरे हत्याको विरोधमा सोमबार नेपाल बन्द आहृवान गरेको हो । बन्दको प्रभाव पोखरामा आंशिक देखिएको छ । तर, बिहानैदेखि विभिन्न ठाउँमा शंकास्पद बस्तु भेटिएपछि भने स्थानीय त्रसित छन् ।

जिल्ला प्रहरी कार्यालयले विभिन्न ठाउँमा शंकास्पद बस्तु भेटिएपछि सुरक्षा व्यवस्था बढाइएको जनाएको । ‘बन्दको प्रभाव त्यती धेरै छैन । पसल तथा गाडीहरु हिजोअस्तिभन्दा कम खुलेका र गुडेका मात्रै हुन्,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता रवीन्द्रमान गुरुङले भने, ‘केही ठाउँमा शंकास्पद बस्तु भेटिपनि निष्कृय भइसकेका छन् । सुरक्षा व्यवस्था पनि बढाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment