Comments Add Comment

सेती नदीमा बगेर फेरि एकजना बेपत्ता

जेठमा मात्रै ३ जना बगे

१३ जेठ, डोटी । डोटी आदर्श गाउँपालिका-५, लामिखालका अन्दाजी ४५ वर्षीय पुष्करबहादुर सिंह सेती नदीमा बेपत्ता भएका छन् ।

सोमबार छिमेकीको मलामी आएका सिंह शिखर नगरपालिका-११, गोपघाट क्षेत्रमा पर्ने सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझिले जानकारी दिए ।

युवा संघ नेपाल, डोटीका पूर्वअध्यक्ष समेत रहेका सिंह पछिल्लो समय निजी विद्यालय सञ्चालन गर्दै आएका थिए । सिंहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख माझीको नेतृत्वको टोली खोजी कार्यका लागि खटेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरी र सशस्त्र प्रहरीले नदीमा खोजी कार्य तीव्र बनाएका छन् ।

जेठ महिनामा सेतीमा वेपत्ता हुने सिंह तेश्रो व्यक्ति हुन । जेठ ३ गते नुहाउने क्रममा केआईसिँह गाँउपालिका घर भइ स्थानीय सरस्वती माविमा अध्यापनरत शिक्षक योगेन्द्र रावल सालमनी मन्दिर नजिकैबाट बगेका थिए । उनको शव शनिवार मात्रै फेला परेको र आईतवार अन्तिम संस्कार गरिएको छ ।

यस्तै शिखर नगरपालिका-४ घर भइ दिपायल सिलगढी नगरपालिका-५ घोल्तडा मामाघर घर आएकी १६ वषर्ीया धर्माकुमारी महरा जेठ ५ गते नुहाउने क्रममा बगेर बेपत्ता भएकी थिइन् । उनको शव हालसम्म फेला परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment