Comments Add Comment

सुरु भयो ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम

१३ जेठ, काठमाडौं । सरकारको असहमतिका बाबजुद नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् ।

कार्यक्रमको पहिलो अंकमा अमेरिकामा पढ्न जान चाहने विद्यार्थीसम्बन्धी नेपाली विद्यार्थी प्राचीको प्रश्नको जवाफ दिएका छन् ।

दूताबासले सार्वजनिक गरेको भिडियोमा प्राचीले अमेरिका पढ्न जाने सोच बनाएका विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ भनेर प्रश्न गरेकी छन् । जवाफमा अमेरिकी राजदूत बेरीले यसबारे जानकारी दिन दूताबासका शिक्षासम्बन्धी सल्लाहकारलाई सुझाव दिएका छन् ।

कार्यक्रम हेर्दा राजदूतले सिधै अन्तर्क्रिया गर्ने नभई प्रश्न लिएर आउने र राजदूतले जवाफ दिने देखिन्छ । अमेरिकी दूताबासले केही समय अघि ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गर्ने बताए पनि यसको स्वरुपबारे केही बताएको थिएन ।

तर, राजदूतले जनतालाई भेटेर अन्तर्क्रिया गर्दा कूटनीतिक मर्यादा विपरीत हुने भन्दै चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment