Comments Add Comment

‘सांसदहरुको नाक’ जोगाउन १० करोड दिनुपर्छ : देवेन्द्र पौडेल

१३ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सांसदहरुका लागि बजेट छुट्याउनु पर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले भने, ‘बरु सरकारले बजेटको निगरानी गरोस्, हामीले एउटा नोट पनि देख्नु नपरोस, तर दश करोड पैसा सांसदहरुलाई दिनुपर्छ ।’

सांसदहरुले ठग्नको लागि नभइ जनताका माग सम्बोधन गर्नका लागि १० करोड मागेको भन्दै ‘सांसदहरुको नाक’ जोगाउनको लागि पनि दश करोड बजेट दिनुपर्ने जिकिर गरे ।

प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुलाई बराबरी बजेट तय गरिनुपर्ने उनको भनाइ छ । ‘निर्वाचित र समानुपातिक दुवैलाई बराबरी दिनुपर्छ । म सांसदलाई १० करोड दिनुपर्छ भन्ने पक्षमा छु,’ नेता पौडेलले भने ।

तर, कसैले बेइमानी गर्छ भने कडा कारबाही गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment