Comments Add Comment

सानिमा बैंकमा खाता खोल्दा घातक रोगको विरुद्ध बीमा सुविधा पाउने

१४ जेठ, काठमाडौं । सानिमा बैंकमा बचत खाता खोल्ने ग्राहकले ६ घातक रोग विरुद्ध बीमा सुविधा पाउने भएका छन् । बैंकले र मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा नँया तथा पुराना बचत खाताका ग्राहकहरुको लागि बीमा योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहित ३ लाख रुपैयाँको बीमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बीमा प्रदान गर्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत नँया ग्राहकहरुले बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ भने पुराना ग्राहकहरुले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट लग ईन गरि बीमा योजनाको आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment