Comments Add Comment

महिला राष्ट्रिय भलिबल टिम घोषणा, कप्तान नै टिमबाहिर

१४ जेठ काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय महिला भलिबल टोलीको घोषणा गरेको छ ।

संघले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि २५ सदस्यीय महिला भलिबल टिमको प्रारम्भिक टोली छनोट गरेको हो । तर छनोटको प्रारम्भिकमै नियमित कप्तान विनिता बुढाथोकीसहित चार जना खेलाडी टोलीमा परेका छैनन् ।

कप्तान विनिता, नेविका चौधरी, मञ्जु गुरुङ र कोपिला उप्रेती टोलीमा परेका छैनन् । टिममा छनोट भएका खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, उषा विष्ट, रेष्मा भण्डारी, चन्द्रकला खरेल, संगम महतो, ममता डगौरा, जानकी भण्डारी, अरुणा शाही रहेका छन् ।

त्यस्तै, शान्ति थारु, लक्ष्मी कुमाल, पुष्पा शाही, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, कविता भट्ट, सोफिया पुन, हिरा केसी, सरस्वती कटेल, कमला पुन, सलिना श्रेष्ठ, शान्ती तामाङ र यमकली कुँवर मगर रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्सँग समन्वयन गरेर आगामी असारदेखि बन्द प्रशिक्षणमा राख्ने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment