Comments Add Comment

‘जात्रै जात्रा’का लागि अष्ट्रेलिया पुगे विपिन

जेठको ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले नेपालमा मात्र होइन, ओभरसिजमा पनि राम्रो कमाई गरिरहेको छ । अष्ट्रेलियामा यो चलचित्रको व्यापार झनै आक्रामक छ । यसैले पनि अष्ट्रेलियाका विभिन्न शहरमा हुने शोजका लागि यसको टिम अष्ट्रेलिया पुग्दैछ ।

नायक विपिन कार्की भने अष्ट्रेलिया पुगिसकेका छन् । यस्तै, नायिका वर्षा राउत पनि आजै अष्ट्रेलिया उड्दैछिन् । चलचित्रका निर्देशक प्रदिप भट्टराई र कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया पनि आज नै अष्ट्रेलिया जाँदैछन् ।
प्राप्त जानकारी अनुसार, अष्ट्रेलियाका विभिन्न शहरमा १९ शोज हाउसफूल भैसकेका छन् ।

यस्तै, अब चलचित्र प्रदर्शन गर्न लागिएको १४ शोज पनि हाउसफूल भैसकेको छ । ‘जात्रै जात्रा’ले अष्ट्रेलियामा यसअगाडि प्रदर्शन भएका नेपाली चलचित्रले बनाएको रेकर्ड ब्रेक गर्ने संभावना प्रवल छ । दर्शकले चलचित्रलाई निकै नै राम्रो प्रतिक्रिया दिएपछि अष्ट्रेलियाको आयोजक दंग छ ।

सुन काण्डको कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको चलचित्रले नेपालमा दोश्रो सातामा पनि दर्शकको साथ राम्रो पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment