Comments Add Comment

फुटबलर जाभीको दोस्रो इनिङ्स

१५ जेठ, काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्वमिडफिल्डर जाभी हर्नान्डेजले अब आफ्नो फुटबल करिअरमा दोस्रो इनिङ्स सुरु गर्ने भएका छन् । उनलाई अब प्रशिक्षकको रुपमा देख्न पाहिने भएको छ ।

३९ वर्षीय उनीे कतारी क्लब अल सद्द स्पोर्ट्समा प्रशिक्षक बनेका छन् । जाभीलाई मंगलबार क्लबले प्रशिक्षक नियुक्त गरेको हो । सन् २०१५ मा बार्सिलोना छोडेर कतारी क्लब अल सद्दमा आबद्ध भएका थिए । केही दिनअघि मात्रै खेलाडी जीवनबाट सन्यास लिएका उनी प्रशिक्षकको भूमिकामा आउन लागेका हुन् ।

२०१० को विश्वकप स्पेनले जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका जाभीले लामो समय बार्सिलोनामा विताए । उनले बार्सिलोनालाई ८ ला लिगा फुटबलको उपाधि दिलाए भने चार पटक च्याम्पिन्स लिगको उपाधि दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment