Comments Add Comment

‘ओम’ एक रहस्यमय ब्रह्माण्डीय ध्वनिः किन जप गरिन्छ ?

ओम जपको वैज्ञानिक महत्व र अर्थ

‘ओम’ यो शब्द हामी बेलाबखत जप गर्छौ । ओम जप गर्दा के हुन्छ ? मुखबाट ओम आवाज निकाल्दा त्यसले स्थुल शरीर र मनमा कस्तो प्रभाव पार्छ होला ?

पक्कैपनि यो शब्द जप गर्नु कुनै ढोंग मात्र होइन । आडम्बर होइन । यसमा वैज्ञानिक तथ्य पनि छ । धेरैजसो मन्त्रमा यो शब्द समावेश छ । हिन्दु मात्र होइन, वौद्ध, जैन, सिख सबै धर्मसँग यो शब्दको साइनो छ ।

गायत्री मन्त्र- ॐ भूर्भुवः स्वः

माण्डूक उपनिषद्- ॐ यो अमर शब्द नै पुरा दुनिया हो

बौध्य मन्त्र- ॐ मणि पद्ये हूँ

गुरु गन्थ्र- एक ओंकार सतनाम

योग सूत्र- तस्य वाचकः प्रणवः

यी सबै मन्त्र वा श्लोकमा के समानता छ ? समानता हो, ॐ ।

ॐ अर्थात ओम । यसलाई ओमकार वा प्रणव पनि भनिन्छ । यति एउटै शब्द, जले सम्पूर्ण ब्रम्हाड समेटेको छ । ओम धार्मिक होइन, यो हिन्दु धर्म, जैन धर्म, बौद्ध धर्म, सिख धर्म जस्ता केही धर्ममा एक पारम्पारिक प्रतिक र पवित्र ध्वनीको रुपमा प्रकट हुन्छ । ओम कसैको आफ्नो निजी सम्पति होइन । यो सार्वभौमिक हो । यसमा नै पुरा ब्रम्हाण्ड छ ।

ओमलाई प्रथम ध्वनी मानिन्छ । के भनिन्छ भने ब्रम्हाण्डमा भौतिक निर्माण अस्तित्वमा आउनुअघि जुन प्राकृतिक ध्वनि थियो, त्यो ओमको गुञ्जन थियो । यसैले ओमलाई ब्रम्हाण्डको आवाज पनि भनिन्छ ।

सबैकुरा जहाँ स्पन्दित हुन्छ, त्यसबाट एक लयबद्ध कम्पनको निर्माण हुन्छ । यसलाई प्राचिन योगीले ओम ध्वनिमा कैद गरेका थिए । हामी अहिले दैनिक जीवनमा यस ध्वनिप्रति सचेत छैनौ । तर, ध्यान दिएर सुन्ने हो भने यसलाई शरद ऋतुको पातमा, सागरको छालमा, शंखको भित्र सुन्न सकिन्छ । ओमको जपले हामीलाई पुरा ब्रम्हाण्डको यही चालसँग जोड्छ र त्यसको हिस्सा बनाइदिन्छ, चाहे त्यो अस्ताइरहेको सूर्य होस्, उदाउँदै गरेको चन्द्रमा होस्, ज्वारको प्रवाह हो, हाम्रो मुटुको धड्कन हो, या त हाम्रो शरीरको भित्र हर परमाणुको आवाज ।

जब हामी ओम जप गर्छौ, यो हाम्रो सास, हाम्रो जागरुकता र हाम्रो शारीरिक उर्जाको माध्यमबाट यस सार्वभौमिक चालको सवारीमा लिएर जान्छ । हामीलाई त्यस्तो अवस्थामा पुर्‍याउँछ, जहाँ मन र आत्मालाई शान्ति प्राप्त हुन्छ ।

ओमको अर्थ र महत्व

ओम शब्दको गठन वास्तविकता मनुष्य जातिाको सबैभन्दा महान आविष्कारमा एक हो । ओमलाई सबैभन्दा पहिले उपनिषद -जो वेदान्तसँग जोडिएको लेख हो)मा वणिर्त गरिएको छ । उपनिषदमा ओमको अलग-अलग किसिमले वर्णन गरिउको छ, जस्तो कि, ब्रम्हान्डीय ध्वनि, रहस्यमय शब्द वा दैवीय प्रतिज्ञान ।

संस्कृतमा ओम शब्द तीन अक्षरले बनेको हुन्छ, अ, उ र म । ओमको अर्थ हो सुरुवात, मध्य र अन्त्य । रोचक त के भने, ति सबै ध्वनि चाहे त्यो जतिसुकै अलग होस् वा कुनैपनि भाषामा बोलियोस्, ति सबै यी तीनको सीमाभित्र आउँछ । यति मात्र होइन, सुरुवात, मध्य र अन्त्यको प्तिक यो तनि अक्षर स्वयम् सृष्टिको प्रतिक हो । यसैले सबै भाषामा सबै प्रकारको ध्वनि यस एकल शब्द ओमको उच्चारणमा समाहित हुन्छ ।

ओमको अरु व्याख्या पनि छ ।

अ- तमस (अन्धका, अज्ञान) उ-रजस (उत्साह, गतिशिलता), म-सत्व -शुद्धता, प्रकाश)

अ- ब्रम्हा (निर्माता), उ-विष्णु (परिरक्षक), म -शिव -विध्वंसक)

अ-वर्तमान, उ-भूत, म-भविष्य

अ- जागृत स्थिति, उ-सपना देखेको स्थिति, म-गहिरो निद्राको स्थिति

ओम जप किन गर्ने ?

ओम जप गर्दा एक कम्पन उत्पन्न हुन्छ, जसले पुरा शरीरमा एक सौम्य अनुभव प्राप्त हुन्छ । ओमको जपले मनलाई स्थिर र शान्त बनाउँछ । यद्यपी ओमको महत्व र विधी जानेर नै जप गर्नुपर्छ । हामीले यो कुरा जान्नुपर्छ कि ओम ईश्वरको प्रतिक हो, जसले हाीलाई वास्तविक प्रकृतिको नजिक पुर्‍याउँछ । र, आपसी दुरी घटाउँछ ।

ओम जप कसरी गर्ने ?

पतञ्जली योग सूत्रका अनुसार ओम जप गरिरहँदा मन र मस्तिष्कलाई एकत्रित गर्नुपर्छ । कुनैपनि आरमदायक स्थानमा बसेर जप गर्नुपर्छ । जस्तो पद्यासन, सुखासन, सिद्धासनमा बस्न सकिन्छ । मेरुदण्ड र टाउकोलाई सिधा राख्नुपर्छ । आँखा बन्द गर्नुपर्छ र गहिरो सास लिनुपर्छ । अब सास छाड्दै ओम बोल्नुपर्छ । नाभी क्षेत्रमा ओ आवाजबाट हुने कम्पन महसुष गरौ र त्यसलाई क्रमस माथितर्फ बढेको महसुष गरौ । मन्त्र जारी राखिरहँदा त्यसको कम्पन गलाबाट माथि बढेको महसुष गरौ । जब कम्पन गलाको क्षेत्रमा पुग्छ, तब ‘म’लाई एक गहिरो ध्वनीमा परिवर्तन गरौ । कम्पन तबसम्म महसुष गरौ, जबसम्म त्यो शिरसम्म पुग्दैन । यो प्रक्रियालाई तपाईंले दुईपटक भन्दा बढी दोहोर्‍याउन सक्नुहुनेछ । अन्तिम मन्त्र जपपछि पनि बसिरहनुहोस् र पुरा शरीरमा ओम ध्वनिको कम्पन महसुष गर्नुहोस् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment