Comments Add Comment

खुलामूखी सामूहिक लगानी कोष योजना निष्काशन हुँदै

१६ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको एनआईबिएल एस क्यापिटल लिमिटेडले खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानी कोष सञ्चालनमा ल्याउन लागेको छ ।
नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपाल मै पहिलो पटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रबर्द्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक रहेको छ भने योजना ब्यबस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यस खुलामूखी योजना बमोजिम जम्मा रु.५० करोड रुपैयां बरावरको ५ करोड इकाईको लागी नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा रु.१२ करोड ५० लाख रुपैयां बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिने तथा बीज पूंजीको रुपमा रकम रु.७ करोड ५० लाख रुपैयां बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछ ।

यस खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढिमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई रु.१० का दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि नेपाल राज्यभरको सम्पूर्ण ७७ जिल्लाहरुमा फैलिएका आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएसीको मेरो शेयरबाट समेत दिन सकिनेछ । यस खुलामुखी योजनको बिक्री खुल्ला जेष्ठ १९ देखि गरिने योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी गराएको छ ।

यस योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ, जुन लगानीको व्यवस्थापन एनआईबिएल एस क्यापिटल लिमिटेडबाट हुनेछ । हाल जारी भएका इकाईहरु बांडफांट भएको मितिले ३ महिना पछि मात्र खरिद बिक्रीका लागि खुल्ला हुनेछ । यसरी योजनाको इकाईहरु खरिद/बिक्रीे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा अन्य तोकिएको वितरण केन्द्रहरुबाट गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment