Comments Add Comment

कञ्चनपुरको पुनर्वासमा प्रभु बैंकको नयाँ शाखा

१६ जेठ, काठमाडौं । प्रभु बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–३ आईबीआरडी बजारमा नयाँ शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले उद्घाटन गरे।

कार्यक्रममा नगर प्रमुख थापाले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको भएको बताए।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

यो शाखा समेत गरी बैकले १७९ वटा शाखा, १४५ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

आजदेखि सञ्चालनमा आएको बैंकको पुनर्वास शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment