Comments Add Comment

विश्वकप क्रिकेट : इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य

१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक राष्ट्र इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ३१२ रनको लक्ष्य पेश गरेको छ ।

लण्डनको किनिङटोन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन बनाएको हो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले ७९ बलमा ९ चौकाको मद्दतमा ८९ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ठूलो लक्ष्य दिएको हो । त्यस्तै, इंग्ल्यान्डका इअन मोर्गनले ५७, जासन रोयले ५४ र जोय रुटले ५१ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका इमरान ताहिर र लुन्गी नगिडीले समान २–२ विकेट लिए ।

सुरुवातमा कमजोर ब्याटिङ

टस हारेर ब्याटिङको निम्तो पाएको इंगल्याण्डका लागि ओपनिङमा जोनी बैरस्टोव र जासन रोय आए । बलिङमा आए दक्षिण अफ्रिकाका इमरान ताहिर । पहिलो बलमा जासनले एक रन लिए । स्ट्राइकमा आए जोनी । तर पहिलो ओभरको दोस्रो बलमा जोनी शून्य रनमै आउट भए ।

योसँगै इंग्ल्यान्ड दबाबमा आएको थियो । तर दोस्रो विकेटका लागि जासन र जोइ रुटले १०६ रनको साझेदारी गर्दा इंग्ल्यान्डको १०७ रन पुग्यो ।

इंग्ल्यान्डको पारीलाई सम्हाल्न बेन र कप्तान मोर्गनले निकै ठूलो भूमिका खेले । यी दुई खेलाडीले १०६ रनकै साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment