Comments Add Comment

नेपालमा लगानी गर्न अष्ट्रियाका नेपालीलाई वनमन्त्रीको आग्रह

भियना । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गरेका छन् ।

नेपाली प्रवासी एकता मञ्च, अष्ट्रियाले बिहीबार साँझ आयोजना गरेको स्वागत समारोहमा बोल्दै मन्त्री बस्नेतले आफ्ना सन्ततिको भविष्यको आत्मसम्मानका लागि भए पनि विदेशमा सिकेको सीप र आर्जन गरेको पुँजी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

‘समृद्ध राष्ट्र निर्माणका लागि प्रवासमा रहनुभएका नेपालीहरुको योगदानको खाँचो छ,’ उनले भने, ‘विदेशमा स-परिवार रहनु हुने नेपालीहरुले त झनै आफ्ना सन्ततिहरुलाई भविष्यमा आत्मसम्मानको लागि भएपनि नेपालमा लगानी गरिदिनु होस् ।’

कार्यक्रममा मञ्चका संयोजक धर्मराज खतिवडाले समृद्ध नेपाल, सुखी नेपालीको नेपाल सरकारको अभियानमा साथ दिन अष्ट्रियामा रहेका नेपाली समुदाय तयार रहेको बताए ।

उनले साना साना पुँजीजहरुलाई जम्मा गरी लगानी गर्न सजिलो हुने वातावरण बनाइ दिन नेपाल सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment