Comments Add Comment

करिनाको टेलिभिजनमा डेब्यू, तर यस्तो डिमाण्ड

बलिउड नायिका करिना कपुर तैमुर अली खानलाई जन्म दिएपछि झनै चर्चामा छिन् । बलिउडमा उनको डिमाण्ड घटेको छैन । उनको हातमा चलचित्रको अभाव पनि छैन । उनै, करिना कपुर खानले एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । उनी ‘डान्स इन्डिया डानस’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्न लागेकी छिन् ।

तर, यो शोका लागि करिनाको डिमाण्ड कम छैन । उनले, यो शोमा निर्णायक भएवापत चर्को पारिश्रमिक लिएकी छिन् । करिना भन्छिन्–‘यस्तो रियालिटी शोमा निर्णायक बन्ने नायकहरुले चर्को पारिश्रमिक लिदा हामी नायिकाहरुले किन लिन हुँदैन ?’

करिनाको शर्त यत्तीमा मात्र सिमित छैन । उनले, यो शोका लागि ८ घन्टा भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् । करिनाले ८ घन्टामा शोको छायांकन सकेर आफू छोराका लागि घर जानुपर्ने भन्दै त्यो भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् ।

करिनाका फ्यान उनलाई टेलिभिजन दुनियाँमा हेर्नका लागि आतुर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment