Comments Add Comment

सार्वजनिक खरिद नियमावली निर्माण व्यवसायीमैत्री छ – मन्त्री महासेठ

१७ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले रघुवीर महासेठले सार्वजनिक खरिद नियमावली निर्माण व्यवसायीमैत्री भएको दावी गरेका छन् ।

निर्माण व्यवसायीको संशोधित नियमावली प्रतिकुल रहेको भन्दै आन्दोलन गरिरहेका बेला संसदको विकास समितिमा मन्त्री महासेठले यस्तो जवाफ दिएका हुन् ।

मन्त्री महासेठले भने, ‘आज सम्झौता गरेर भोलि देखिने काम गर्ने वातावरण बनेको छ । खरिद नियमावलीले यो कुराको ग्याण्टी गरेपछि व्यवसायीलाई नै थप सहजता प्रदान गर्छ ।’

तर, कानुनी रुपमा बाँझिएको पाइएमा त्यसलाई संशोधन गर्न तयार रहेको भन्दै उनले अघि थपे, ‘समग्रमा खरिद नियमावली देश र जनताको हित छ ।’

मन्त्री महासेठले नियमावलीअनुसार लामो समयसम्म काम सम्पन्न नगर्ने रुग्न ठेक्का खारेजीको प्रकि्रयामा जाने बताएका छन् । पुरानो सम्झौताको हकमा भने एकपटक म्याद थप्ने कि भन्ने प्रस्ताव गरेको उनले बताए ।

थपिएको समयमा पनि काम नगरेको खण्डमा भने सम्झौता खारेज गरिने उनको भनाइ छ । ‘नेपाल सरकार र विभागको निर्देशन नमान्ने, राजनीतिक पावरमा समयमै काम सम्पन्न नगर्ने ठेकदार कारबाहीको प्रक्रियामा जान्छन्,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment