Comments Add Comment

अछामको साँफेबगरमा प्रभु बैंकको शाखा

१७ जेठ, काठमाडौं । प्रभु बैंक लिमिटेडले अछामको साँफेबगर नगरपालिका ३ मा आज शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको प्रभु बैंकको साँफेबगर शाखा कार्यालयको उद्घाटन साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले गरेका हुन्।

बैंकको साँफेबगर शाखा कार्यालय उद्घाटन कार्यक्रममा अछामजिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ अछामका पदाधिकारीहरु, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

आजदेखि सञ्चालनमा आएको बैंकको साँफेबगर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment