Comments Add Comment

मोफसलमा बक्स अफिस प्रणाली सुरु

काठमाण्डौमा बक्स अफिस प्रणालीको सुरुवात भएको एक वर्ष पार गरिसकेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन । काठमाण्डौ भित्र नै बक्स अफिस प्रभावकारी रुपमा लागू नभएको अवस्थामा चलचित्र विकास बोर्डले मोफसलमा बक्स अफिसको सुरुवात गरेको छ ।

आगामी साउनसम्म देशैभर बक्स अफिस कार्यन्वयन गर्ने नीति अनुसार सर्लाही जिल्ला लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक उद्घाटन गरिएको हो । सुचना तथा संचार प्रविधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अनलाईन टिकेटिङ्ग प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको औपचारिक सुरुवात गरेका हुन् ।

लालबन्दिको वीणा चलचित्र मन्दिरसँगै सर्लाही, महोत्तरी, पर्सालगायत प्रदेश २ का १० वटा हलहरुमा बक्स अफिस सुचारु भएको छ । बक्स अफिस सुचारुसँगै बक्स अफिसको सबै रिपोर्ट निर्माताले समयमा नै पाउन सक्ने बताइएको छ । यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ सम्म सुचारु गरिसक्ने कार्यक्रमका सभापति तथा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले बताएका छन् ।

बक्स अफिस प्रणाली सुरु गरेको काठमाडौंका हलहरुलाई पनि साउन १ गते भित्र समयमा नै डाटा पठाउन बोर्डका अध्यक्ष केशब भट्टराईले सुझाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment