Comments Add Comment

नेयमारमाथि लाग्यो यौन उत्पीडनको आरोप

काठमाडौं । ब्राजिलियन स्टार नेयरमामाथि यौन उत्पीडनको आरोप लागेको छ ।

साओ पाओलो पुलिसमा दर्ता भएको अभियोगपत्रअनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यवसायीका फुटबल स्टार नेयमारले एक होटलमा महिलामाथि यौन दुर्व्यवहार गरेका थिए ।

यसबारे नेयमार र उनका प्रतिनिधिले भने केही बोलेका छैनन् ।

नेयमार हाल कोपा अमेरिकाका लागि राष्ट्रिय टिमको अभ्यासका लागि ब्राजिलमा छन् ।

के छ अभियोगपत्रमा ?

बीबीसीका अनुसार नेयमारमाथि यौन उत्पीडनको अभियोग लगाउने महिलाको नाम खुलाइएको छैन । तर, इस्टाग्रामा चिनजान भएको र पेरिसस्थित होटलमा भेट्न प्रस्ताव आएको थियो ।

यसका लागि नेयमारले ब्राजिलबाट फ्रान्स जाने हवाई टिकट उपलब्ध गराएका थिए भने होटल बुक गरेका थिए ।

१५ मेमा नेयमार होटलमा आएका थिए । अंकमाल गर्ने क्रममा नेयमार आक्रामक भएको र इच्छाविपरीत शारीरिक सम्बन्ध राखेको अभियोगपत्रमा उल्लेख छ । पीडित भनिएकी महिला फ्रान्स पुलिसमा कुनै उजुरी नगरी दुई दिनपछि ब्राजिल फर्किइन् ।

नेयमारका बाबु नेयरमा डस सान्तोषले भने यो एक चाल भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment