Comments Add Comment

यौन जब अपराध बन्छ 

एक दम्पती आफ्नो सयनकक्षमा उन्मुक्त यौनक्रिडा गर्छन् । यसले दम्पतीमा यौनसुख प्राप्त हुन्छ । उनीहरु शारीरिक र मानसिक रुपमा अरु बढी एकाकार हुन्छन् ।

एक कुण्ठित पुरुष आफ्नो यौन-आवेग मेट्न कुनै निर्दोष/अवोध युवतीमाथि आँखा लगाउँछ । मौका मिल्नसाथ बलपूर्वक अठ्याएर यौनकृत्य गर्छ । यस किसिमको बर्बरतापूर्वक यौनले यसको सौन्दर्यलाई नै बिटुलो बनाइदिन्छ ।

संयमित यौनले जीवन सुन्दर बनाउँछ । बर्बरतापूर्वक यौनले जीवन कुरुप बनाउँछ । यौन त यौन हो, तर त्यसको रुप र शैली भिन्न हुन्छ ।

आज यौनप्रति मान्छे किन खुल्न चाहँदैन ? यौनको कुरा गर्दा मुन्टो बटारिन्छ ? किन नाक खुम्चाइन्छ ? किन रातोपिरो भइन्छ ? किनभने हामीले संयमित र सुखमय यौन-जीवनको मूल्य खोजेनौ । यौनलाई क्षणिक भोक मेट्ने माध्याम बनायौ । आज जतिपनि हत्या, हिंसा, वलात्कार भएका छन्, ति सबैको निहुँ यौनलाई बनायौ । यसरी हामीले यौनलाई कुरुप बनायौ । त्यही कारण जब-जब यौनको प्रसंग निकाल्छौ, हामी मुख छोप्छौ ।

यौन प्रकृतिको एक अनुपम रचना हो । तर, हाम्रो सभ्यता, समाज र धर्मले यसलाई घृणित बनाइदियो । यौनलाई दबाउने र लुकाउने बस्तु बनाइयो । त्यसको अर्थ यो पनि होइन कि, यौन जथाभावी हुनुपर्छ । यौनमा गोपनियता आवश्यक हुन्छ नै । यद्यपी यो लुकिछिपी वा लुकिचोरी गर्ने काम चाहि होइन । आदर्शको ढोंग ओडेर यौनलाई हामी दबाइरहेका छौ, ढाकछोप गरिरहेका, थिचिरहेका छौ । जति जति यसलाई दबाउन खोजिन्छ, यो उत्तिनै प्रकट हुन खोज्छ । यसले यौन कुण्ठा पैदा गर्छ । यौन कुण्ठाले नै हो, यौन अपराध जन्माउने ।

जब यौनलाई यसको सौन्दर्य र मूल्यसँग जोडेर हेरिन्छ वा बुझिन्छ, तब हामी कामवासना बोकेर हिँड्न छाड्ने छौ । संयमित र मर्यादित यौनको भाषा बुझ्नेछौ । ओशोले भनेका छन्, ‘जुन दिन विश्वमा यौन स्विकृति हुन्छ, जस्तो कि भोजन, स्नान स्विकृत छ । त्यस दिन विश्वमा अश्लील तस्वीर टाँसिने छेन । अश्लील पुस्तक छापिने छैन । अश्लील मन्दिर बनिने छैन ।’

उनले यौनको बारेमा यसरी व्याख्या गरेका छन्, ‘यौन जीवनको अद्भुत रहस्य हो । यसबाट डराउनुपर्ने, भाग्नुपर्ने केही छैन ।’

छाडा कुरा

यौनप्रति समाज अझैपनि उदार छैन । यसलाई ‘छाडा कुरा’ भनेर खुम्चन्छ । यौनप्रतिको बुझाई जति अस्पष्ट छ, उत्तिनै भद्रगोल छ यसप्रतिको धारणा पनि । कसैले यसलाई जैविक आवश्यक्ता भनिरहेको बेला कसैले यसलाई अपराध भनी व्याख्या गरिरहेका छन् । कसैले यसलाई एक प्राकृतिक कृयाको रुपमा लिइरहँदा कसैले यसलाई अभद्र र भद्दा कुरा ठानिरहेको छ ।

वास्तवमा यौन एक प्राकृतिक आवश्यक्ता र क्रिया हो । यौन नै सृष्टिको विन्दु हो । सृष्टिलाई निरन्तरता र चलायमान बनाउन यौन जरुरी छ ।

त्यही यौन कसरी अपराध बन्छ ?

अहिले समाजमा यौन हिंसाका कुरुप तस्वीर छ्यापछ्याप्ती देखिन थालेको छ । वलात्कार, हत्याको शृंखलाले हजारौं बालिका, किशोरी, युवतीको जीवन लुटिदिएको छ । यौन एक विध्वंस भएको छ । यौन एक अपराध भएको छ ।

यौन हिंसा एवं यौन अपराधको भयानक खोलभित्र कति कुरुप खेल भइरेका छन् ? त्यसमा कति निर्दोष नारीहरुको चित्कार र पीडा गुम्सिएको छ ? हाम्रो समाजलाई उदांगो बनाएर हेरे पुग्छ । सैयौ निर्मला पन्तहरुको जीवन कसैको यौन प्यासले समाप्त गरिदिएको छ ।

संयमित यौन

खासमा यौन त्यसबेला सुन्दर हुन्छ, जब यसको मर्यादा र सीमाहरु पार गरिदैन । एक दम्पतीबीच आपसमा यौन क्रिया हुन्छ । तर, त्यहाँ पीडा र चित्कार हुँदैन । बरु आनन्द हुन्छ । सन्तुष्टी हुन्छ । किनभने त्यस्तो यौनमा आपसी सहमती, सहभागिता, सक्रियता हुन्छ । साथसाथै संयमित पनि ।

खासमा संयमित यौनले नै सृष्टिको रचना गर्छ । सृष्टिमा रंग भर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment