Comments Add Comment

आयोजक इंग्ल्यान्डले टस जित्यो, पाकिस्तान ब्याटिङ गर्दै

२० जेठ, काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्धको खेलमा टस जितेर बलिङ रोजेको छ ।

ट्रेन्ट ब्रिजमा इंग्ल्यान्डले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गरेको छ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजिमा हुनेछ । यसअघि इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

यता, पाकिस्तानभने पहिलो जितको खोजीमा हुनेछ । पाकिस्तानले आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटको हार ब्यहोरेको थियो ।

पाकिस्तानी टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, सोइब मालिक, मोहम्मद हफिज, आसिफ अली, सादब खान, मोहम्मद आमिर, हसन अली, वाहव रियाज ।

विश्वकपका लागि इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment