Comments Add Comment

सार्कका युवा वैज्ञानिकहरुको सम्मेलन २२ गतेदेखि काठमाडाैंमा हुने

२० जेठ, काठमाडौं । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ ।

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ र २३ गते ललितपुरमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने जानकारी गराएका हुन ।

सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभाव साटासाट गर्ने उद्देश्यका साथ सो सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजक समितिका संयोजक डा. दीपक अर्यालले जानकारी दिए ।

सम्मेलनमा जर्मनी, बेलायत, फिनल्याण्डसहितका देशहरु पनि सहभागी हुनेछन् । सम्मेलनमा १६ वटा अन्तराष्ट्रिय युवा वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुत हुने र नेपालका ३५ जना युवा वैज्ञानिकहरुले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment