Comments Add Comment

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा इंग्ल्यान्डलाई ३ सय ४९ रनको लक्ष्य

२० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३४९ रनको विशाल लक्ष्य पेश गरेको छ ।

ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनाएको हो । पाकिस्तानका लागि ओपनरदेखि मध्यक्रमका ब्याट्सम्यानले राम्रो खेले ।

मोहम्मद हफिजले ८४ रन बनाए । ६२ बलको सामना गरेको उनले ८ चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ र फखर जमानले ३६ रन बनाए ।

पाकिस्तानका लागि फखर जमान र इमाम उल हकले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यस्तै, हफिज र बाबरले तेस्रो विकेटको लागि ८८ रनको साझेदारी गर्दा हफिजले कप्तान सर्फराजसँग ८० रनको साझेदारी गरेपछि पाकिस्तानले उच्च स्कोर बनाएको हो ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment