Comments Add Comment

प्रदीप पौडेलको प्रस्ताव : सांसदको ६ करोड राष्ट्रिय गौरवका आयोजनामा खर्च गरौं

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सांसदहरुमार्फत खर्च गर्ने भनिएको ६/६ करोड बजेट एकै ठाउँमा जम्मा गरी ‘बास्केट फण्ड’ बनाउनु पर्ने बताएका छन् ।

नवलपुरमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सबै रकम एकै ठाउँमा जम्मा गरी राष्ट्रिय गौरबका आयोजनामा लगानी गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

नेता पौडेलले नेकपाले देशको समृद्धि चाहेकै भए सांसद तथा जनप्रतिनिधिहरुको तलवसमेत फिर्ता गरी विकास निर्माणमा खर्च गर्न चुनौती दिए ।

उनले आफूले केन्द्रीय समितिको बैठकमा कांग्रेसबाट निर्वाचित सांसदसहित सबै जनप्रतिनिधिहरुले पाउने तलब र भत्ता निश्चित कोषमा जम्मा गरी राष्ट्रिय गौरवका आयोजना निर्माणमा खर्च गर्न प्रस्ताव गरको बताए ।

सोही क्रममा उनले सरकारले घोषणा गरेको बजेटले कुनै पनि हालतमा मुलुक समृद्ध हुन नसक्ने दावीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment