Comments Add Comment

गुल्मीमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु २ घाइते

२१ जेठ, गुल्मी । गुल्मीमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

छल्दीबाट चेक्मीतर्फ पानी लिएर जाँदै गरेको लु २ त ३३९३ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–७ को लसुनडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टरमा सवार मदाने गाउँपालिका–६ का २१ वर्षीय मधु नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।

मदाने गाउँपालिका–६ का १६ वर्षीय अभी कुँवर र धुर्कोट गाउँपालिका–२ का १८ वर्षीय नीरज महत घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment