Comments Add Comment

लुका जोकोभिक रियलमा अनुबन्धित

२१ जेठ, काठमाडौं । जर्मन फ्रान्कफर्ट क्लबका स्ट्राइकर लुका जोभिक स्पेनिस क्लब रियल मडि्रडमा अनुबन्धित भएका छन् ।

रियलले २१ वर्षीय सर्वियन खेलाडी जोभिकलाई २०२५ सम्मका लागि अनुबन्धित गरेको हो । ६ वर्षसम्मका लागि उनलाई रियलले ६२ मिलियन पाउण्डमा भित्र्याएको हो । जोभिकले यो सिजन ३२ खेलमा १७ गोल गरेका छन् भने सात एसिष्ट गरेका छन् ।

यो सिजनमा रियल मड्रिडले खराब प्रदर्शन गरेपछि ब्यापक खेलाडी परिवर्तन गर्ने तयारीमा रियल रहेको छ । रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले टिमलाई अझ बलियो बनाउन राम्रा र युवा खेलाडी ल्याउन लागेका छन् ।

त्यस्तै, फर्लान्ड मेन्डी रियल मड्रिडको मेडिकल डक्टरको रुपमा आबद्ध भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment