Comments Add Comment

युट्युबमा यस्तो प्रांक गर्दा १५ महिनाको जेल

अहिले युट्युबरहरुको बाढी नै लागेको छ । आफ्नो भिडियोलाई भाइरल बनाउन तथा युट्युब च्यानलबाट पैसा कमाउन लागि युट्युबरहरुले अनेक खालका हर्कत गरेर भिडियो अपलोड गर्ने गर्दछन् ।

यस्तैमा एकजना युट्युबरले बिस्कुटमा क्रिमको साटो दाँत माझ्ने पेष्ट राखेर एकजना घरबारविहीन मानिसलाई खान दिए । यस्तो अपराधमा संलग्न भएको आरोपमा ती युट्युबरमाथि १५ महिनाको सजाय भएको छ ।

न्युयोर्क टाइम्सका अनुसार यो घटना स्पेनको हो । केन्गुहा रेन नामक युट्युबरमाथि अदालतले कठोर सजाय सुनाएको हो ।

सन् २०१७ को यो घटनामा ती व्यक्तिले पीडितका नैतिकता र सम्मानमा ठेस पुर्याएको ठहर अदालतले गरेको छ ।

साथै अदालतले ती व्यक्तिको युट्युब च्यानल बन्द गर्न र सन् २०२४ सम्म कुनै पनि अनलाइनमा भिडियो पोष्ट नगर्नसमेत आदेश दिएको छ ।

त्यस्तै पीडितलाई २० हजार युरो क्षतिपूर्ति दिन पनि अदालतले आदेश दिएको छ ।

वास्तवमा ती युट्युबरले जर्ज एल नामका घरवारविहीन व्यक्तिलाई टुथपेष्ट मिसाएको बिस्कुट खान दिएर प्रान्क भिडियो तयार गरी युट्युबमा अपलोड गरका थिए । टुथपेष्ट मिसाएको बिस्कुट खाँदा ती व्यक्तिले वान्ता नै गरेका थिए ।

उक्त प्रान्क भिडियो युट्युबमा निकै लोकप्रिय बनेको थियो र त्यसमा विज्ञापनबाट २ हजार युरो उनले कमाइसकेका छन् ।

ती युट्युबरले कमजोर मानिसहरुको खिल्ली उडाउँदै यसअघि पनि विभिन्न खाले भिडियो खिच्ने गरका थिए ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment