Comments Add Comment

पाण्डेलाई वातावरण पत्रकारिता पुरस्कार

२२ जेठ, बुटवल । विश्व वातावरण दिवसको अवसरमा रुपन्देहीमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७५ वितरण गरिएको छ ।

भैरहवाका अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले स्थापना गरेको पुरस्कार पत्रकार छवि पाण्डेलाई प्रदान गरिएको हो । तीन दशकदेखि पत्रकारिता गरिरहेका पाण्डे गोरखापत्र दैनिकका बुटवल संवाददाता हुन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा हरेक वर्ष वितरण हुने उक्त पुरस्कारको रकम २५ हजार रुपैयाँ रहेको छ ।

संविधानसभा सदस्य एवं पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले पुरस्कार प्रदान गर्दै वातावरणको विषय मानव स्वास्थ्य र प्राणी जगतसंग जोडिएकाले यसलाई सञ्चारमाध्यमहरुले प्राथमिकतामा पार्नुपर्नेमा जोड दिए ।

पुरस्कारको स्थापनाकर्ता नारायण सापकोटाले वातावरण विनाश र जलवायू परिवर्तनले पारेको असर न्यूनिकरणमा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरेको बताए ।

वातावरण बचाउ आन्दोलनका अध्यक्षसमेत रहेका सापकोटाले ५० हजार राशीको उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारसमेत स्थापना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment