Comments Add Comment

भक्तपुरमा स्कार्पियो दुर्घटना, ४ जना घाइते

२३ जेठ, काठमाडौं । भक्तपुरमा बिहीबार बिहान स्कार्पियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

दूधपाटीबाट सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि ट्याक्सी र रुखमा ठोक्किएर बिहीबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

घाइते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरेका थिए ।

घाइतेमध्ये सुन्दरलाई गम्भीर चोट लागेको छ । सुन्दरको निधारलगायतका शरीरका अन्य भागमा समेत चोट लागेको छ । स्कार्पियो अगाडिको भागले च्यापिएकुा सुन्दरलाई निकाल्न ढोका नै निकाल्नुपरेको प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले बताए ।

स्कार्पियोको ठक्करबाट बा२ज २७८९ नंम्बरको ट्याक्सीको अगाडि भागमा सामान्य क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment