Comments Add Comment

‘खानासँग भावना जोड्नु एकदम आवश्यक छ’ सेफ कुनाल कपूर

कुनाल कपूर भारतका सेलिब्रेटी सेफ हुन् । सानै उमेरदेखि उनी पाकवनमा निकै रुची राख्थे । १० बर्षको उमेरमा उनले पहिलो पटक आफ्नै हातले चिया बनाएको स्मरण गरेका छन् । त्यसपछि उनले आफ्नो हातलाई खानपिन बनाउनमा अभ्यस्त बनाए । खाना बनाइरहँदा पनि नयाँ-नयाँ प्रयोग गरिरहे । यही लगाव र निरन्तरताले आज उनी सेलिब्रेटी सेफ बनेका छन् । उनले खानपानबारे पुस्तक लेखेका छन्, टेलिभिजनमा शोमा निर्णयक एवं पाहुना बनेर पुगेका छन् ।

कुनालको अनुसार खाना बनाउनु एक कला हो । उनी के पनि भन्छन् भन्, यस्तो कला जो-कोहीमा हुन जरुरी छ । पाककलाबारे उनीसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ पेश गरिएको छ ।

सेफ बन्ने प्रेरणा कसरी मिल्यो ?

म सानो थिएँ, जब मैले आफ्ना पिता र हजुरबाले हरेक आइतबार खाना बनाइरहेको देखें । मलाई एकदम अचम्म लाग्यो कि पुरुष भएर कसरी खाना बनाउँछन् ? जबकी मेरा साथीको घरमा यस्तो थिएन । म पनि कतिपटक भान्सामा पस्थें । पुरुषले भान्सामा पसेर खाना बनाएको कुरा मलाई गजब लाग्यो । मनोरञ्जन झै लाग्यो ।

वास्तवमा भान्सामा पनि रमाउन सकिने रहेछ भन्ने लाग्यो । कलेज जीवनपछि यसै क्षेत्रमा करियर बनाउने सोंच बनाएँ । खाना बनाउनु, भान्साको काम गर्नु आफैमा सानो वा अनुत्पादक काम हो । काम आफैमा सानो पनि हुँदैन । मेरो रुची यही काममा थियो । लगाव थियो । यसैमा निरन्तर लागिरहें ।

सबैभन्दा पहिले के बनाउनुभएको थियो ?

सबैभन्दा पहिले मैले चिया बनाएको थिएँ, सबैले स्वाद मानेर पिए ।

यहाँसम्म आइपुग्नका लागि तपाईंलाई कसले बढी सहयोग गर्‍यो ?

यहाँसम्म आइपुग्नका लागि मलाई मेरा मातापिताले सबैभन्दा बढी सहयोग गरे । यदि उनीहरुले साथ र समर्थन नगरेको भए म यहाँसम्म आइपुग्ने थिएँ ? यसै भन्न सकिदैन । मलाई यस क्षेत्रमा निर्देश गर्नका लागि पुरा टिम सामेल छ ।

अहिले त अनलाइन रेसेपी पनि प्रशस्तै पाइन्छ, त्यसलाई पच्छ्याउन कति सही होला ? अनलाइन रेसेपी हेरेर खान बनाउँनु ठिक हो ?

भोजन भनेको आफ्नो एक अभिव्यक्ति पनि हो, जसले तपाईंको जीवनशैली, समुदाय र तपाईंको अस्तित्व बताउँछ । मान्छेले मेरो रेसेपी अनलाइनमा हेरेर खानेकुरा बनाउँछन् । यसरी बनाउँदा कहिले स्वादिलो होला, कहिले नहोला । मेरो हिसाबले खाना बनाउनु एक रचनात्मक काम हो । यसलाई तपाईंले आफ्नो हिसाबले जहिले पनि, जसरी पनि गर्न सक्नुहुन्छ । तर, त्यसमा नुन, खुर्सानी, तेलको अनुपात सही हुनुपर्छ । अतः यो कुरा अरुको हेरेर भन्दा पनि तपाईंको आफ्नो विवेकले निर्धारण गर्छ ।

नयाँ नयाँ तरिकाको परिकारबारे तपाईं कसरी अपडेट रहनुहुन्छ ?

म धेरैजसो यात्रा गरिरहेको हुन्छु । यस क्रममा नयाँ-नयाँ परिकारको जानकारी मिल्छ । ति परिकारको बारेमा जान्ने मौका मिल्छ । अपडेटका लागि इन्टरनेट होइन, यात्रा गर्नुपर्छ ।

पकाउने विधीबारे पहिलेको तुलनामा कति परिवर्तन आयो ?

अहिले धेरै परिवर्तन आएको छ । यसको कारण हो अहिले उपलब्ध सामाग्री, जो खानामा प्रयोग गर्न सकिन्छ । पहिले चुल्होमा खाना बनाइन्थ्यो, अहिले ग्यासमा बनाइन्छ । पहिले कांसको भाडावर्तनमा खाना बनाइन्थ्यो, अहिले एल्मुनियमको भाँडापछि स्टील, नन स्टिकी, टेफलोन आदि भाँडा उपलब्ध छ । मसला पिस्ने शैली पनि पहिलेको जस्तो छैन । यी सबै कुराले परिकारको स्वाद परिवर्तन भएको छ ।

यस्तो केही परिकार जो तपाईंको परिवारमा बनाइन्छ । अतः त्यसलाई नयाँ ढंगले बनाउने प्रयास गर्नुभएको छैन ?

मेरो आमाले बनाउनुभएको भरवा करेला, जुन काँचो आप मिलाएर गर्मी महिनामा बनाइन्छ । मैले त्यसलाई कहिल्यै नयाँ रुप दिन सकिन । त्यसो त म उक्त परिकारलाई परिमार्जन गर्न पनि चाहन्न किनभने त्यो परिकार मलाई औधी स्वाद लाग्छ ।

खाना पस्किएको बेला तपाईं के कुरामा ध्यान दिनुहुन्छ ?

मेरो लागि खानासँग भावना जोडिनु एकदम जरुरी छ ।

अहिलेका महिला खाना बनाउनबाट टाढा भाग्छन्, उनीहरुका लागि केही सन्देश दिनुहुन्छ ?

अहिलेका महिला घरका साथै घर बाहिरका काम पनि गर्छन् । यस्तोमा उनीहरुलाई खाना बनाउने अवसर कम मिल्छ । मेरो विचारमा श्रीमान र श्रीमती दुबै भान्सामा जाने, बच्चालाई पनि साथमा राख्ने हो भने उनीहरुको भान्साको रौनक बढ्छ । खानाको स्वाद बढ्छ ।

(भारतिय सेलिब्रेटी सेफ कुनाल कपूरको यो वार्ता गृहशोभाबाट भावनुवाद गरिएको हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment