Comments Add Comment

जहाँ जागिर पाउन परीक्षा होइन, कफी पिउनु पर्दछ

जागिर खाने बेला लिखित तथा मौखिक परीक्षाको सामना त गर्नुभएकै होला । परीक्षा तथा अन्तर्वार्ता भनेपछि मनमा डर उत्पन्न हुन्छ । तर यो दुनियाँमा एउटा यस्तो कम्पनी छ जहाँ जागिर खानका लागि परीक्षा दिनुपर्दैन । कफी पिउने कुरामा अब्बल ठहरिए पुग्दछ ।

अष्ट्रेलियाको एक अकाउटिंग सफ्टवेयर कम्पनी Xero ले यस्तो अनौठो खालको कफी परीक्षा लिन्छ उम्मेदवारका लागि । उक्त परीक्षणको नाम हो, कफी कप टेष्ट । यो कफी परीक्षामा फेल हुनेलाई जागिरमा राखिँदैन ।

कम्पनीका प्रमुख ट्रेन्ट इनेसले एक कार्यक्रमका दौरान आफुहरुको कफी परीक्षाको बारेमा बताएका छन् । उनका अनुसार कम्पनीमा जागिरका लागि आउने उम्मेदवारलाई उनी आफ्नो किचेनसम्म लैजान्छन् र कफी पिउँदै बाहिर आउँछन् र गफ गर्दछन् । गफ गरिरहँदा कपको कफी सकिइसकेको हुन्छ । वास्तवमा कफी खाइसकपछि खाली कपलाई उम्मेदवारले बाहिरै छाड्छ कि किचेनमै लगेर छाड्न चाहन्छ भन्ने कुरा थाहा पाउनु उनको यो परीक्षणको मुख्य उद्देश्य हो ।

उनका अनुसार हामीले सीपको विकास गर्न सकिन्छ, ज्ञान प्राप्त गर्न सकिन्छ । तर व्यवहार र दृष्टिकोण भन्ने कुरामा आफैमा अन्तर्निहित हुन्छ । आफुले कफी पिएको कपलाई आफैले किचेनमा लगेर आफै धुनुपर्छ भन्ने व्यवहारिक ज्ञान नभएको उम्मेदवारलाई कम्पनीले जागिरमा राख्दैन । आफ्नो कफी कप आफैले धुनुपर्छ भन्ने मूलमन्त्र कम्पनीमा जागिर खान आउनेहरुका लागि एउटा प्रमुख आवश्यकता हो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment