Comments Add Comment

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

२३ जेठ, काठमाडौं । ललितपुरमा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फुर्के डाँडा प्रा.वि.का प्रधानाध्यापक रामनारायण यादव छन् । उनीले कक्षा ३ मा पढ्ने बालिकालाई कक्षामा कोही नभएको वेला दुर्व्यवहार गरेको परिवारको आरोप छ ।

घटनालाई गाउँमै मिलाउन खोजिएपछि प्रहरी वृत्त, चापागाउँमा उजुरी पुगेको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले पीडित र पीडक पक्षलाई राखेर बुझ्ने काम भइरहेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘गाउँमै केश मिलाउन आँटिएको रहेछ । हामीले अनुसन्धानका लागि ल्याएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment