Comments Add Comment

मोटरसाइकल दुर्घटनामा घाइते महिलाको मृत्यु

२३ जेठ, वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकामा मोटरसाइकल दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु भएको छ ।

जेठ २२ गते दिउँसो पर्साको पोखरिया नगरपालिका ९ बैरियामा ना ११ प २१८१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएकी बिन्दवासिनी गाउँपालिका १ कि २१ बर्षिया प्रभावती देवीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेर सवार प्रभावती देवी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उनलाई नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज लगिएको थियो ।

बिहीबार बिहान १ बजेतिर उनलाई अस्पतालले मृत घोषित गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

मोटरसाइकल चालक प्रभावतीको श्रीमान २७ वर्षका नितेश सहनीको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment