Comments Add Comment

नेयमारले कोपा अमेरिका कप गुमाउने

२३ जेठ, काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेयमारले आफ्नै देशमा हुने कोपा अमेरिका कप फुटबल प्रतियोगिता गुमाउने भएका छन् ।

विहीबार बिहान ब्राजिलले २०२२ को विश्वकप आयोजक राष्ट्र कतारसँग मैत्रीपूर्ण खेल खेलेको थियो । यो खेलमा ब्राजिलले २-० गोलको जित हात पारेको छ । तर ब्राजिललाई ठूलो झड्का पनि लागेको छ ।

कतारविरुद्धको खेलमा गम्भीर चोट लागेका नेयमार नजिकिदै गरेको कोपा अमेरिका कपबाट आउट भएका हुन् । दाहिने खुट्टाको लिगामेन्ट भाँचिएपछि उनी खेल सुरु भएको केही समयमै मैदानबाट बाहिरिएका थिए ।

जुन १४ सुरु हुने कोपा अमेरिका कपमा १२ टिम रहेका छन् । घरेलु मैदानमा कोपा अमेरिका कपको उपाधि उचाल्ने ब्राजिलको लक्ष्य छ । तर, प्रतियोगिता अगावै कप्तानसमेत भइसकेका मुख्य खेलाडी नै घाइते भइ मैदान बाहिर हुनुले ब्राजिललाई ठूलो झड्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment