Comments Add Comment

प्रहरीलाई वियरको बोतलले हानेपछि…

२३ जेठ, काठमाडौं । गस्तीमा रहेको प्रहरी टोलीमाथि वियरको बोतल प्रहार गरेको आरोपमा दुई महिलासहित ४ जना पक्राउ परेका छन् ।

उदयपुरको कटारी नगरपालिका-६, विहीबारेबाट प्रदीप तामाङसहित ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने अन्यको नाम खुलाइएको छैन । उनीहरुले प्रहरीलाई भाटासमेत हानेका प्रहरीले जनाएको छ । घटनामा प्रहरी चौकी, रिस्कुबाट खटिएका ३ जना प्रहरी घाइते भएका छन् भने संलग्न एक जना फरार छन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार घाइते प्रहरीको कटारी अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment