Comments Add Comment

नेकपा जिल्ला इञ्चार्ज छनोट प्रधानमन्त्रीको युरोप भ्रमणपछि मात्र

Photo Credit : नेकपा सचिवालय बैठक/अनलाइनखबर फाइल

२३ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला इञ्चार्ज र सहइञ्चार्ज चयन र पोलिटब्यूरो गठन तत्कालाई टरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि मात्र यो एजेण्डाले स्थान पाउने भएको छ । नेकपा सचिवालयमा तीन दिनदेखि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज छनोटको मापदण्डबारे छलफल भएको थियो ।

बिहीबार पनि तीन नेता ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । तर, सहमति हुन नसकेपछि सचिवालय बैठक दुई मिनेट बसेर सकियो ।

वरिष्ठ नेता नेपाल मन्त्री र सांसदलाई इञ्चार्ज नबनाउन नहुने अडानमा छन् भने अध्यक्ष ओलीले यो तर्क पोलिटब्यूरो गठनकै क्रममा खण्डित भइसकेको बताएका छन् ।

अर्का अध्यक्ष प्रचण्डले मन्त्री र सांसदलाई दोस्रो प्राथमिकतामा राख्ने मध्यमार्गीर् प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment